सान्जेन र रसुवागढी जलविद्युतको शेयर मंगलबारदेखि कारोबार हुने

काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको शेयर मंगलबारबाट कारोबारमा आउने भएको छ। कम्पनीले आइपीओ जारी गरेको तीन महिना पछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार शेयर सूचीकृत गरेसँगै दोस्रो बजारमा शेयर कारोबार हुने भएको हो।

 

रसुवागढी हाइड्रो पावर कम्पनीले पहिलो कारोबार लागि ९७.२९ रुपैयाँ देखि २९१.३२ रुपैयाँ सम्मको ओपन रेन्जु पाएको छ । यस्तै साञ्जेन हाइड्रो पावरले ९६.३२ रुपैयाँ देखि २८८.९६ रुपैयाँको रेन्ज पाएको छ।यही मूल्यमा मंगलबार बिहान ‘प्रि ओपन सेसन’ मा पहिलो कारोबार हुने छ।

 

लगानीकर्ताले बिहान साढे १० बजेदेखि पौने एघार बजे सम्म पहिलो कारोबार गर्न सक्ने छन्।यो सेसनमा कारोबार भएपछि मात्रै ११ बजेको नियमित सेसनमा शेयर कारोबार हुने छ।यो सेसनमा कारोबार नभए बुधबार फेरि प्रि ओपन सेसनमा कारोबार हुने छ। यो सेसनमा कारोबार नभएसम्म नियमित कारोबार नहुने प्रवधान छ।

 

चिलिमे जलविद्युत कम्पनीले प्रवर्द्धन गरेको दुबै आयोजनाको निर्माण कार्य भैरहेको छ। दुबै आयोजनाको निर्माण कार्य ७० प्रतिशत भन्दा माथि सम्पन्न भएको छ भने बाँकी काम चालु आर्थिक वर्षभरीमा सक्ने योजना छ।छ।

सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको कति पुग्यो ?(सूचीसहित) Read Previous

सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको कति पुग्यो ?(सूचीसहित)

शेयर बजार ओरालो यात्रामा, तीन दिनमा १० अंकको गिरावट Read Next

शेयर बजार ओरालो यात्रामा, तीन दिनमा १० अंकको गिरावट