काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक प्रगति विवरण सार्वजनिक गरिरहँदा पनि सेयर बजारले गति लिन सकेको छैन् । साउनलागे सँगै सेयर बजारले फड्को मार्ने आशा गरेका लगानी कर्ताहरु निरन्तर बजार घट्दै जान थाले पछि निराशावादी बन्दै गएका छन् ।
सोमबार सेयर बजार मापक सूचक नेप्से ४.५५ अङ्कले घटेर १२५५.०९ अंकमा ओर्लिएको छ। गत बिहीबार देखिनै सूचक घट्दो क्रममै रहेको छ। गत बिहीबार १२६५.५८ अंकमा रहेको सूचक सोमबार १२५५.०९ अंकमा ओर्लिएको छ। तीन कारोबार दिनमा सूचक १०.४२ अंकले घटिसकेको छ।
सोमबार सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक ३.४९ अंकले बढेको छ। यस्तै म्युचुअल फण्डको सूचक ०.११ अंकले सुधार देखिएको हो। यता माईक्रोफाइनान्सको सूचक सबै भन्दा धेरै २७.०२ अंकले नओरालो लागेको छ ।
यस्तै जीवन बीमा २१.८४,होटल ३.८६, फाइनान्स ३.५२, विकास बैंक ३.४४ उत्पादन तथा प्रशोधन १६.०९ र वाणिज्य बैंकको सूचक २.८३ अंकले ओरालो लागेका हुन् ।
सोमबार नेपाल बैंकको सबै भन्दा धेरै २ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कृषि विकास बैंकको १ करोड ९४ लाख, एनसीसी बैंकको १ करोड ७१ लाख, छिमेक लघुवित्तको १ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सोमबारको बजारबाट सबैभन्दा धेरै ४.०४ प्रतिशतले कमाएका छन् । यस्तै रिलायन्स फाइनान्सको शेयरमूल्य ३.३३ प्रतिशतले बढेको छ ।
यस्तै स्पर्श, सर्पोट र गुराँस लघुवित्तको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। स्पर्शको ९.९१ प्रतिशत, सपोर्टको ९.५६ र गुराँस लघुवित्तको शेयरमूल्य ९.३२ प्रतिशतले घटेको हो । यस्तै मिथिला लघुवित्तको ८.१०, इन्फिनीटि लघुवित्तको ७१०, नेपाल सेवाको ७.०८ प्रतिशतले शेयरमूल्य ओरालो लागेका हुन् ।
