सीवाइसी र शालिग्रामसँग आरम्भ चौतारीको मर्जर रद्द, अन्य २ लघुवित्त प्राप्ति गर्ने, भोलिदेखि कारोबार खुल्ने

काठमाडौं । सीवाइसी लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता रद्द गरेको आरम्भ लघुवित्त वित्तीय संस्थाले अन्य दुई लघुवित्त प्राप्ति गर्ने भएको छ ।

 

आरम्भले असोज ९ गते सीवाइसी र शालिग्रामसँग मर्जर सम्झौता गरेको थियो । तर, यी दुई लघुवित्तसँग मर्जर सम्बन्धी कुरा नमिलेपछि आरम्भले बनेपामा केन्द्रीय कार्यालय रहेको बीपीडब्लु लघुवित्त र बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्तलाई प्राप्ति गर्ने भएको हो ।

 

आरम्भले यी दुई लघुवित्तसँग पुस १० गते प्राप्ति सम्बन्धी सम्झौता गरेको हो । मर्जर सम्बन्धी सम्झौता रद्द भएसँगै भोलि (बिहीबार) देखि नेप्सेमा आरम्भ चौतारीको कारोबार खुल्ने भएको छ ।

 

सीवासी र शालिग्राम लघुवित्तलाई गाभ्ने प्रारम्भिक सम्झौता भएपछि असोज ११ गतेदेखि आरम्भको सेयर कारोबार रोकिएको थियो।

 

सिनर्जी पावरले २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलविद्युतमा लगानी गर्ने Read Previous

सिनर्जी पावरले २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलविद्युतमा लगानी गर्ने

ज्याक मा हराइरहेकै बेला आक्रमक रुपमा पैसा उठाउँदै अलिबाबा ग्रुप, साढे ९ खर्बको ऋणपत्र जारी गर्दै Read Next

ज्याक मा हराइरहेकै बेला आक्रमक रुपमा पैसा उठाउँदै अलिबाबा ग्रुप, साढे ९ खर्बको ऋणपत्र जारी गर्दै