साढे ३ वर्ष पछि कतार माथिको प्रतिबन्ध हटाउँदै साउदी अरब

काठमाडौं । साउदी अरबले साढे ३ वर्षदेखि कतारमाथि लगाएको जल तथा स्थल सीमा प्रतिबन्ध हटाउने भएको छ ।

 

साउदी अरबमा आज हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि कतारमाथिको प्रतिबन्ध हटाउने जानकारी आएको हो ।

 

आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे ३ वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए।

 

यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए।

 

सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन गरेको आरोपको सधैँ खण्डन गर्ने गरेको छ।

कोशी करिडोरमा ७ पुल निर्माण सम्पन्न हुँदै Read Previous

कोशी करिडोरमा ७ पुल निर्माण सम्पन्न हुँदै

घट्दो बजारमा पनि ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता Read Next

घट्दो बजारमा पनि ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता