घट्दो बजारमा पनि ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । हिजो करिब ६ अंकले घटेको बजारमा आज पनि न्यून अंकको गिरावट आएको हो । लगातार बजार घटेको आज दोस्रो दिन हो । पछिल्लो दुई दिनमा बजार करिब १० अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँले घटेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक हरियो भएका छन् भने ९ समूहको परिसूचक राताम्मे भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७.५१ अंकले बढेको छ भने व्यापार समूह १४६.५७ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०६ कम्पनीमध्ये ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता शिखर इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । गत आवको नाफाबाट २९ प्रतिशत लाभांश घोषणा गरेको कम्प्नीको सेयरप्रति लगानीकर्ता आकर्षित भएका हुन् । आज यसको सबैभन्दा धेरै ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

घट्दो बजारमा पनि आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जनउत्थान लघुवित्त, नारायणी विकास बैंक, हिमाल दोलखा, रिडि, जोशी, घलेम्दी र आँखुखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज साल्ट ट्रेडिङका सेयरधनीले सबैभन्दा धेरै ६.१६ प्रतिशत गुमाएका छन् ।

साढे ३ वर्ष पछि कतार माथिको प्रतिबन्ध हटाउँदै साउदी अरब Read Previous

साढे ३ वर्ष पछि कतार माथिको प्रतिबन्ध हटाउँदै साउदी अरब

कोरोना लागेका यात्रुलाई जहाज चढाउने निगमका कर्मचारीलाई कारबाही, यात्रुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने Read Next

कोरोना लागेका यात्रुलाई जहाज चढाउने निगमका कर्मचारीलाई कारबाही, यात्रुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने