नारायणी डेभलपमेन्ट बैंकले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर विक्री गर्न अनुमति पाएको छ ।

 

नेपाल धितोपत्र बोर्डले बैंकलाई १:१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

 

हाल बैंकको चुक्ता पूँजी ६ करोड ५६ लाख १७ हजार रुपैयाँ रहेको छ भने हकप्रदपछि १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

 

बैंकको हकप्रद सेयर विक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति

कृषिमा वैदेशिक लगानी भित्र्याउने बाटो खुल्यो, यी काम गर्न मात्र लगानी ल्याउन पाइन्छ Read Next

कृषिमा वैदेशिक लगानी भित्र्याउने बाटो खुल्यो, यी काम गर्न मात्र लगानी ल्याउन पाइन्छ