कृषिमा वैदेशिक लगानी भित्र्याउने बाटो खुल्यो, यी काम गर्न मात्र लगानी ल्याउन पाइन्छ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन बाटो खुला गरिदिएको छ । मन्त्रालयले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

मन्त्रालयले २०७५ ऐन दफा ५० ले दिएको अधिकार प्रयोग गरी सो ऐनमा हेरफेर ल्याएको हो । यस अघि कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउन नपाउने व्यवस्था  थियो ।

 

पशुपक्षी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योग बाहेकका सो क्षेत्रका अन्य उद्योग वा व्यवसाय गर्न विदेशी लगानी ल्याउन पाइने व्यवस्था गरिएको छ ।

 

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार ५० करोड रुपैयाँ स्थिर पूँजी लगानी गर्न मिल्ने र कम्तीमा ७५ प्रतिशत निकासी गर्ने गरी कृषि क्षेत्रमा समेत वैदेशिक लगानी गर्न अनुमति दिइएको हो ।

 

पशुपक्षी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योग बाहेकका सो क्षेत्रका अन्य उद्योग वा व्यवसाय गर्न विदेशी लगानी ल्याउन पाइने व्यवस्था गरिएको छ ।

 

खाद्यका लागि कृषि अभियानका संयोजक तथा राष्ट्रिय कृषक समूह महासंघका पूर्वाध्यक्ष उद्धव अधिकारी कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनु साना किसानलाई सुकुम्बासी बनाउनु बराबर रहेको बताउँछन् ।

 

उनले वैदेशिक लगानी भित्रिए ५० प्रतिशत साना किसान पछि गएर सुकुम्बासी बन्ने बताए । ‘पैसाको लोभमा कृषिमा विदेशी लगानी सुन्दा राम्रो सुनिन्छ, तर, पछि साना किसान सुकुम्बासी बन्ने छन्, जमिन सबै विदेशीले किनेर आफ्नै कामदार ल्याउन थाले भने नेपालमा कृषिमा देखिएको सम्भावना यही बिलाउने छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

 

नेपालमा कृषिका ठूला परियोजनामा वैदेशिक लगानी ल्याउँदा ७५ प्रतिशत निर्यात गर्नु पर्ने शर्त रहेको छ । यस शर्तले नेपालको उत्पादन निर्यात हुने तर, नेपालीकै लागि अभाव सृजना हुन तर्फ जाने उनको बुझाइ छ ।

 

उनले उद्योग मात्र आएर यतैको उत्पादन यही प्रयोग गरी बाँकी बचेका निर्यात गरे स्वभाविक हुने तर, पहिलो निर्यातलाई प्राथमिक्ता दिएर यहीका किसानहरुको रोजिरोटी खोस्ने काम गर्नु नहुने बताए ।

 

‘वैदेशिक लगानी ल्याउँदा हुन्छ तर, यहीँका किसानले उत्पादन गरेको सामानलाई कच्चा पदार्थका रुपमा उद्योगले किनेर बजारीकरण तथा निर्यात गर्नु पर्यो, नत्र आफै उत्पादन गर्ने आफै निर्यात, विक्री गरे सुकुमबासी र विदेशीनेको संख्या मात्र बढ्ने छ,’ अधिकारीले भने ।

 

उनले पछिल्लो समय ६ नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरुमा चिनियाँ गाई ल्याउने तयारी भइरहेको खुलाए । यसरी हेर्दा नेपालको उत्पादन नभई विदेशी उत्पादनलाई अप्नाएर उनीहरु तर्फको निभरर्ता बढ्दै जाने सम्भावना बढिरहेको छ ।

 

विदेशी उद्योगहरुले नेपालमा लगानी गर्दा उतैबाट सामान ल्याउने, उतैबाट मजदुर ल्याएर काम गर्न थाले नेपालका किसानहरु सुकुम्बासीको संख्यामा थपिने उनले बताए ।

नारायणी डेभलपमेन्ट बैंकले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति Read Previous

नारायणी डेभलपमेन्ट बैंकले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिबिफिनको माग, यस्ता छन् अर्थमन्त्रीलाई १८ बुँदे सुझाव Read Next

बैंकलाई ब्रोकर लाइसेन्स दिन सिबिफिनको माग, यस्ता छन् अर्थमन्त्रीलाई १८ बुँदे सुझाव