काठमाडौं । देशभरमा करिब ३० हजार सरकारी रहेका छन् ।सहकारी विभागको तथ्यांक अनुसार मुलुकभर रहेका २९ हजार ८८६ सहकारी संस्था रहेका हुन् । जसमा संघीय सरकार अन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७५९ वटा सहकारी रहेका छन् ।
विभागका अनुसार देशभरका सहकारीमा ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने ७३ लाख ७ हजार ४६२ जना आबद्ध भएका छन् ।
सहकारीमा आबद्ध कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।
देशभरका रहेका सहकारीमा कुल सेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३ रुपैयाँ रहेको छ । त्यसैगरी, बचत संकलन खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ र कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ रुपैयाँ रहेको छ ।
कुन प्रदेशमा कति सहकारी ?
प्रदेश १
प्रदेश १ मा कुल सहकरी सङ्ख्या ४ हजार ७३७ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७०० रहेका छन् । जसमा महिला ५ लाख २४९ र पुरुष ४ लाख ३५ हजार ४५२ जना रहेका छन् ।

यस प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३७२ रुपयाँ, कुल बचत सकलन ४१ अर्ब २१ करोड ४२ हजार ८९ रुपैयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १७ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २० हजार ६८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रदेश २
यस प्रदेशमा कुल सहकरी सङ्ख्या ४ हजार १५३ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ५५ हजार १९७ रहेको छ ।
जसमा महिला २ लाख ५२ हजार ११२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन् । प्रदेश २ मा रहेका सहकारीको कुल सेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १५८ रुपयाँ, कुल बचत सङ्कलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३१३ रुपैयाँ र कुल ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत १० हजार ८४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
वाग्मती प्रदेश
वाग्मती प्रदेशमा कुल सहकरी सङ्ख्या १० हजार ४१८ रहेको छ । यो सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या २७ लाख १७ हजार ४६९ रहेको छ ।
जसमा महिला १४ लाख ५७ हजार २२ र पुरुष १२ लाख ६० हजार २६७ जना रहेका छन् । बाग्मती प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७२४ रुपैयाँ, कुल बचत सकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८६० र कुल ऋण लगानी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४३४ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ३३ हजार ८९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६७१ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ११ लाख १६ हजार ६३२ जना रहेको छ ।
जसमा महिला ६ लाख ४२ हजार १३० र पुरुष ४ लाख ७४ हजार ५२ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २४६ रुपैयाँ, कुल बचत सङ्कलन ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६९२ रुपैयाँ र कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४३३ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ७ हजार ६३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
लुम्बिनी प्रदेशमा
यस प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७५५ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६११ जना रहेको छ ।
जसमा महिला ५ लाख ७६ हजार ३१२ जना र पुरुष ३२ लाख २२ हजार २९९ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपयाँ, कुल बचत सकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४६७ रुपैयाँ र कुल ऋण लगानी ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ६ हजार ९८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कर्णाली प्रदेश
कर्णालीमा कुल सहकारी सङ्ख्या १ हजार ९६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९५६ जना रहेको छ ।
जसमा महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९२३ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४९८ रुपयाँ, कुल बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७९२ रुपैयाँ र कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४८५ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ४ हजार ५३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६० रहेको छन् । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ४२ हजार ९८९ रहेको छ । जसमा महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८८९ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल सेयर पूँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार ७९७ रुपैयाँ, कुल बचत सङ्कलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९४१ रुपैयाँ र कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३३१ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २ हजार ८१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।