सबैभन्दा धेरै मोटरसाइकल भित्र्याउनेमा बजाज अग्रस्थानमा, कुन कम्पनीले कति ल्याए ?(सूचीसहित)

काठमाडौं । कोरोना कहरका बीच सन् २०२० मा नेपालमा झन्डै २ लाख मोटरसाइकल भित्रिएका छन् ।

 

२०२० को जनवरीदेखि डिसेम्बर १५ तारिखसम्ममा १ लाख ८८ हजार ३०८ यूनिट दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ ।

 

यसरी आयात भएको मोटरसाइकलमा सबैभन्दा ठूलो हिस्सा बजाज मोटरसाइकलको रहेको छ । कुल आयातको २८ प्रतिशतभन्दा बढी हिस्सा बजाजले ओगट्न सफल भएको छ । यस अवधिमा बजाजले कुल ५३ हजार २५१ यूनिट आयात गर्दै सर्वाधिक आयात गर्ने दुई पाङ्ग्रे कम्पनी बनेको छ ।

 

सन् २०२० मा ३६ हजार २२३ यूनिट मोटरसाइकल तथा स्कुटर आयात गर्दै यामाहा दोस्रो स्थानमा पर्न सफल भएको छ । यामाहले कुल आयातको १९ प्रतिशत हिस्सा ओगट्न सफल भएको देखिन्छ ।

 

टीभीएसले ३२ हजार ५५७ यूनिट आयत गर्दै तेस्रो स्थान पाएको छ । टीभीएसको बजार हिस्सा १७ प्रतिशत पुगेको देखिन्छ ।

चौथो स्थानमा पुगेको होन्डाले गतवर्ष ५ महिनासम्म सामान्य आयत गरेका कारण ३२ हजार १३४ यूनिट मात्रै आयात गरेको देखिन्छ । यद्यपि कम्पनीको अक्टोबर र नोभेम्बर आयात भने किनै राम्रो रहेको छ । कम्पनीले कुल आयातको १७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

 

सूचीको पाँचौ स्थानमा हिरो रहेको छ । हिरोले सोही अवधिमा १९ हजार ४३९ यूनिट आयात गर्दै आफुलाई पाँचौ स्थानमा उभ्याउन सफल भएको छ ।

 

यी ५ कम्पनी बाहेक अन्य कम्पनीले १४ हजार ७०४ यूनिट आयात गरेका छन् । यी कम्पनीले ८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

सेयर बजारमा करेक्शन, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता Read Previous

सेयर बजारमा करेक्शन, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

डेढ करोड नगदसहित नागढुङ्गाबाट दुई व्यक्ति पक्राउ Read Next

डेढ करोड नगदसहित नागढुङ्गाबाट दुई व्यक्ति पक्राउ