सेयर बजारमा करेक्शन, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । आइतबार एकैदिन ८८ अंकले बढेको बजारमा आज सामान्य करेक्शन आएको हो ।

 

इन्ट्रा डेमा अल टाइम हाइ २२०० विन्दु पार गरेको बजार अन्त्यमा करिब ६ अंकले घटेर बन्द भएको हो । प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा सामान्य गिरावट आएको आकलन गरिएको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबारको तुलनामा कारोबार रकम ३८ अर्ब बढीले घटेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको ५ अर्ब ९६ करोड १५ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक हरियो भएका छन् भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५२.४७ अंकले बढेको छ भने जीवन बीम समूह ७६.३९ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०२ कम्पनीमध्ये ८१कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ४० करोड र नेपाल टेलिकम ३७ करोडसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जानकी फाइनान्स र किसान लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज नेशनल माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.८४ प्रतिशत गुमाएका छन् ।

टेस्लाले १ वर्षमै बेच्यो ५ लाख युनिट विद्युतीय कार Read Previous

टेस्लाले १ वर्षमै बेच्यो ५ लाख युनिट विद्युतीय कार

सबैभन्दा धेरै मोटरसाइकल भित्र्याउनेमा बजाज अग्रस्थानमा, कुन कम्पनीले कति ल्याए ?(सूचीसहित) Read Next

सबैभन्दा धेरै मोटरसाइकल भित्र्याउनेमा बजाज अग्रस्थानमा, कुन कम्पनीले कति ल्याए ?(सूचीसहित)