काठमाडौं। गत शुक्रबार बजाज अटोको कुल बजार पुँजीकरण १ ला करोड भारु (करिब १३ अर्ब डलर) पुगेको छ । गत शुक्रबार कम्पनीको सेयर मूल्य १ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ४ सय ८२ पुगेपछि कम्पनीको कुल बजार पुँजीकरण १ लाख करोड नाघेको हो ।
यो सँगै कम्पनीले यो कोशेढुङा पार गर्ने पहिलो दुई पाङ्ग्रे उत्पादक भएको दाबी गरेको छ । साथै, विश्वकै सबैभन्दा ‘भ्यालुएबल’ दुई पाङ्ग्रे उत्पादक भएको पनि कम्पनीको दलिल छ ।
‘यो बजार पुँजीकरण अन्य घरेलु दुई पाङ्ग्रे उत्पादकहरुको भन्दा निकै उच्च हो । विश्लेषकहरुका अनुसार १ लाख करोड भारु बजार पुँजीकरण विश्वका अन्य कुनै पनि दुई पाङ्ग्रे उत्पादकको पनि पुगेको छैन,’ कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बम्बे स्टक एक्सचेन्जमा बजाज अटोको सेयर विगत ६ महिनामा २१ प्रतिशतले बढेको छ । महामारीको कारण मानिसहरु निजी दुई पाङ्ग्रे प्रति धेरै आकर्षित हुन थालेपछि कम्पनीको निर्यात पनि ह्वात्तै बढेको छ ।
गत हप्ता मात्र कम्पनीले वार्षिक १० लाख दुई पाङ्ग्रे उत्पादन क्षमता रहेको प्लान लगाउन ६ अर्ब ५० करोड भारु लगानी गर्ने बताएको थियो । यो नयाँ प्लान्टले उच्च मुनाफा हुने प्रिमियम मोटरसाइकलहरु उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
‘कम्पनीको मोटरसाइकल उत्पादनमा रहेको गहिरो ध्यान, उत्पादनमा विविधताको रणनीति, ‘टोटल प्रोडक्टिभ मेन्टिनेन्स’को कार्यान्वयन र विश्वव्यापी महत्वाकांक्षाका कारण हामी विश्वकै महत्वपूर्ण मोटरसाइकल ब्राण्ड बन्न सफल भएका हौं,’ बजाज अटोका प्रबन्ध निर्देशक राजिव बजाजले भने ।
नेपालमा बजाज
नेपालमा पनि बजाज निकै रुचाइएको मोटरसाइकल ब्राण्ड हो । कोरोनाको समयमा नेपालमा पनि बजाजको मोटरसाइकलले बजार पिटेको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । बजाजले पछिल्लो समय नेपालमा नै एसेम्वल प्लान्ट लगाएर मोटरसाइकल एसेम्वल गर्दै आएको छ । बजाजले नेपालमा १०० सीसीदेखि ३७० सीसीसम्मका मोटरसाइकल नेपालमा नै एसेम्वल गरेर विक्री गरिरहेको छ । कम्पनीले नेपलामा विक्री गर्ने मोटरसाइकलमा बजाज पल्सर १५०, २०० र एनएस २०० सार्वधिक सफल रहेको छ ।
बजाज मोटरसाइकल नेपालमा सार्वाधिक विक्री हुने मोटरसाइकल रहेको छ । नेपालमा बजाज मोटरसाइकलले २०२० मो कुल बजारको २८ प्रतिशत मार्केट सेयर सहित पहिलो स्थान बनाउन सफल भएको छ । कम्पनीले १५ डिसेम्वर २०२० सम्ममा ५३ हजार २५१ यूनिट मोटरसाइकल आयात गरेको छ ।