बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल नेपाली बजारमा, यस्ता छन् मोडल र मूल्य

काठमाडौं । छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।

 

सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, सिम्फोनी जेड २८ र सिम्फोनी जेड ३० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ ।

 

कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

 

यी फोनहरु बजेट मूल्यमा उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।

 

कम्पनीले नेपालभरी सिम्फोनीका मोबाइल फोनहरु आइतबारदेखि नै उपलब्ध गराएको छ भने ग्राहकहरुले आजैदेखि नजिकको मोबाइल पसलहरुबाट सिम्फोनी ब्राण्डका फोनहरु खरिद गर्न सक्नेछन् । त्यसैगरी सिम्फोनीका बजेट मूल्यका उच्चगुणस्तरीय फोनहरु ईकमर्श दराज डटकममा पनि उपलब्ध रहेका छन् ।

 

आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको छ ।

 

सिम्फोनी जेड ३० प्रो

 

यसमा स्मार्टफोनमा प्रिमियम फिचरहरु रहेका छन् । जसमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले रहेको छ । फोनमा मिडियाटेक अक्टाकोर १.८ गीगाहर्जको प्रोसेसरका साथमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ, यसको स्टोरेज बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

 

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ५ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनलाई पावर दिन शक्तिशाली ५,००० एमएएचको ब्याट्री रहेको छ जसले ४५० घण्टाको स्ट्याण्डबाई टाइम र ३२ घण्टासम्मको निरन्तर टकटाइम दिन्छ । यसको बजार मूल्य बजार १६ हजार ४९९ रुपैयाँ रहेको छ ।

 

सिम्फोनी जेड २८

 

यस स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा तथा पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

 

यो स्मार्टफोन ३ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य बजार १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

 

सिम्फोनी जेड १८

 

यसमा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलको डुअल क्यामरा सेटअप तथा पावरका लागि ५,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

 

यो स्मार्टफोन २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य बजार ११ हजार ९९९ रुपैयाँ रहेको छ ।

 

सिम्फोनीका सबै स्मार्टफोनहरु लेटेस्ट एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित रहेका छन भने यी स्मार्टफोनहरु बजेट मूल्यमा उपलब्ध रहेका छन् । सबै फोनहरुको डिस्प्लेमा वारेन्टी प्रदान गरिएको छ ।

सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, हिमालयन डिस्ट्रीलरीको सेयरमा झुम्मिए लगानीकर्ता Read Previous

सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, हिमालयन डिस्ट्रीलरीको सेयरमा झुम्मिए लगानीकर्ता

जडीबुटीको निर्यात बढ्यो, ३१ करोडको निकासी Read Next

जडीबुटीको निर्यात बढ्यो, ३१ करोडको निकासी