चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट, आवेदकले अधिकतम कति कित्ता पाए ?

काठमाडौं । चन्द्रागिरी हिल्सले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा आज भएको बाँडफाँट अनुसार ४ हजार ६०४ आवेदकले न्यूनतम १० देखि अधिकतम ८० कित्तासम्म सेयर हात पारेका छन् ।

 

७० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका छन् भने त्यसभन्दा बढी कित्ताका लागि आवेदन दिने १ हजार १६३ जनाले थप १० गरी कुल ८० कित्ता सेयर पाएका हुन् ।

 

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको थियो ।

 

सो आइपीओमा  ७० कुल ४ हजार ८०८ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ५.४९ गुणा बढी हो । कुल आवेदक मध्ये २०४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले स्थानीयलाई आइपीओ बाँडफँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गर्नेछ ।

नेपालगञ्ज विमानस्थलको मुहार फेरिँदै, १२ अर्बमा धमाधम स्तरोन्नतिको काम हुँदै Read Previous

नेपालगञ्ज विमानस्थलको मुहार फेरिँदै, १२ अर्बमा धमाधम स्तरोन्नतिको काम हुँदै

एनआइसी एशिया खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजारको २५% हिस्सा ओगट्ने ५ खर्बपति कम्पनी Read Next

एनआइसी एशिया खर्बपति क्लबमा प्रवेश, यी हुन् सेयर बजारको २५% हिस्सा ओगट्ने ५ खर्बपति कम्पनी