काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत ‘डिजिटल बैंकिङ’का विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोबाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता,सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिनेछ । विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने बैंकले जनाएको छ ।
माइ मोबाइल मनि लक्ष्मी बैंकको क्राउड सोर्सिङमा आधारित दोस्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइन प्रतियोगितामा गरेको थियो । बैंकले प्राप्त सुझावलाई समेटेर डेबिट कार्डको डिजाइमा समावेश गरेको छ ।
ग्राहकहरुलाई आफ्नो रचनात्मक प्रतिभालाई क्रियाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्न यस्ता अभियानहरु निरन्तर सञ्चालन गर्ने बैंकको उद्देश्य रहेको छ ।