सेयर बजारमा अर्को सिमेन्ट उद्योग आउँदै, बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने

काठमाडौं । सेयर बजारमा अर्को सिमेन्ट उद्योग आउने भएको छ । अहिले शिवम् सिमेन्ट मात्र रहेकोमा अब सर्वोत्तम सिमेन्ट पनि थपिने भएको हो ।

 

सर्वोत्तम सिमेन्टले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव आगामी साधरण सभामा लैजाने भएको छ ।

 

सिमेन्ट उद्योग सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले माघ ६ गते हुने दोस्रो वार्षिक साधारण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

 

यस्तै, कम्पनीले साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने लगायत प्रस्ताव मुख्य एजेण्डाको रुपमा लैजाने भएको छ ।

टेलिकमको विद्यार्थी लक्षित निःशुल्क सीयूजी सेवा, ९९ रुपैयाँमा असीमित कुराकानी Read Previous

टेलिकमको विद्यार्थी लक्षित निःशुल्क सीयूजी सेवा, ९९ रुपैयाँमा असीमित कुराकानी

लक्ष्मी बैंकले ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिता गर्ने, विजेताले ५० हजार पाउने Read Next

लक्ष्मी बैंकले ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिता गर्ने, विजेताले ५० हजार पाउने