सेयर बजार कमब्याक, कारोबार रकम भने ह्वात्तै घट्यो

काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो ।

 

सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक हरियो भएका छन् भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ९७.७९ अंकले बढेको छ भने व्यापार समूह ४८.६६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २१४ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै नागरिक लगानी कोष ३२ करोड र एनआइसी एशिया बैंक ३० करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज सिद्धार्थ बैंकको डिबेन्चर सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ ।

व्यापार घटे पनि आयल निगमले कमायो १३ अर्ब नाफा Read Previous

व्यापार घटे पनि आयल निगमले कमायो १३ अर्ब नाफा

काठमाडौं महानगरले ३८ वटा पार्क बनाउँदै, १६ वटाको ठेक्का लगाउने तयारी Read Next

काठमाडौं महानगरले ३८ वटा पार्क बनाउँदै, १६ वटाको ठेक्का लगाउने तयारी