नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको ८२ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कोषले यही पुस २८ गतेदेखि १००:८२ अनुपातमा जारी गर्न लागेको हकप्रद भर्न योग्य हुन सेयर किन्ने आज अन्तिम दिन हो ।

 

हकप्रद प्रयोजनका लागि कोषले पुस १४ गते बुकक्लोज मिति तोकेको छ । त्यस अनुसार आजसम्म कायम रहने सेयरधनीले कोषको हकप्रदमा आवेदन दिन पाउने छन् ।

 

लगानी कोषले प्रतिसेयर १०० रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

 

कोषको हकप्रदमा माघ १९ गतेसम्म आवेदन दिन पाइने छ । कोषले पुस ६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएको थियो ।

 

कोषको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्ध आरबीबी मर्चेण्ट रहेको छ । हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कोषको हकप्रद विक्री पछि चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।

खाद्यले २८ करोडमा किनेका ४ वटा मोबाइल भ्यान डेढ वर्षदेखि थन्किए, प्रयोगमा नआउँदै बिग्रिने चिन्ता Read Previous

खाद्यले २८ करोडमा किनेका ४ वटा मोबाइल भ्यान डेढ वर्षदेखि थन्किए, प्रयोगमा नआउँदै बिग्रिने चिन्ता

मनकामना केबलकार बन्द हुने Read Next

मनकामना केबलकार बन्द हुने