अब नेप्सेको तथ्यांक प्रयोग गर्न पैसा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ? (दररेट सहित)

काठमाडौं । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक प्रयोग गर्दा पैसा तिर्नुपर्ने भएको छ ।

 

नेप्सेले ‘नेपाल एटक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि-२०७७’ लागू गर्दै यस्तो व्यवथा गरेको हो । पुस १ गते सो कार्यविधि स्वीकृति भएको र सोही मितिदेखि लागू भएको नेप्सेले जानकारी गराएको छ ।

 

यो कार्यविधि लागू भएसँगै अब नेप्सेका विभिन्न तथ्यांकहरु प्रयोग गर्नेले निश्चित शुल्क तिर्नुपर्नेछ । नेप्सेको तथ्यांक प्रयोग गरे बापत इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक, तथ्यांक वितरण र वित्तीय औजार विकासकर्ता आदिको व्यापारिक तथा पुनः वितरणको प्रयोजनका निमित्त, संचार माध्यमले समाचार प्रयोजनका लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोगका लागि, विदेशी कम्पनी तथा व्यक्तिले शुल्क तिर्नु पर्ने भएको छ ।

 

प्रयोजन अनुसार नेप्सेले फ्लोरसिटदेखि मार्केट डेप्थ हुँदै, लाइभ ट्रेडिङ डेटा, फ्लोरसिट, कर्पोरेट इन्फरमेसन, कर्पोरेट एक्सन लगायतका लागि फरक–फरक शुल्क तोकेको छ ।

 

संचारमाध्यमहरुले रियलटाइम सबै खालका डेटाका लागि मासिक १० हजार रुपैयाँसम्म तिर्नुपर्नेछ ।

 

यस्तै, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोगका लागि न्यूनतम मासिक ५ हजारदेखि १ लाखसम्म, तथ्यांक वितरण र वित्तीय औजार विकासकर्ताले १ लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

 

कसले कति तिर्नुपर्छ मासिक शुल्क ?

 

 

 

 

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमले गर्‍यो सम्झौता Read Previous

फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमले गर्‍यो सम्झौता

खाद्यले २८ करोडमा किनेका ४ वटा मोबाइल भ्यान डेढ वर्षदेखि थन्किए, प्रयोगमा नआउँदै बिग्रिने चिन्ता Read Next

खाद्यले २८ करोडमा किनेका ४ वटा मोबाइल भ्यान डेढ वर्षदेखि थन्किए, प्रयोगमा नआउँदै बिग्रिने चिन्ता