फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमले गर्‍यो सम्झौता

काठमाडौं । नेपाल टेलिकम र काठमाडौ­ तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ ।

 

राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ किमी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

 

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 

विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

 

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ ।

 

यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने छ ।

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने, एलसी खोल्ने काम शुरू Read Previous

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने, एलसी खोल्ने काम शुरू

अब नेप्सेको तथ्यांक प्रयोग गर्न पैसा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ? (दररेट सहित) Read Next

अब नेप्सेको तथ्यांक प्रयोग गर्न पैसा तिर्नुपर्ने, कसले कति तिर्नुपर्छ ? (दररेट सहित)