सेयर बजारमा पहिरो, कारोबार रकम पनि ह्वात्तै घट्यो

काठमाडौं । सेयर बजारमा पहिरो आएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएकाले लगानीकर्ता उत्साहित हुने अनुमान गरिए पनि बजार भने उले दिशामा गएको छ ।

 

दोहोरो अंकले गिरावट आएको लगातार दोस्रो दिन हो । गत बिहीबार पनि नेप्से करिब ३० अकंले घटेको थियो । पछिल्लो दई दिनमै नेप्से करिब ७० अंकले घटेको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । गतहप्ता औसतमा दैनिक साढे ५ अर्बको कारोबार हुँदै आएको आज त्यो १ अर्बले घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ३९.९८ अंकले घटेर १९९८.६५ बिन्दुमा आइपुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार २०४ कम्पनीको ४ अर्ब ६२ करोड ३४ लाख ५२ हजार ३१२ रुपैयाँ बराबरको ८१ लाख ७७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१९.४८ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०४ कम्पनीमध्ये जम्मा ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । गतहप्ता आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५१ प्रतिशत लाभांश घोषणा गरेको इन्स्योरेन्सको सेयरप्रति लगानीकर्ताको आकर्षण अझै देखिएको छ । आज यसको सबैभन्दा धेरै ६७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा नबिल बैंक ४० करोड र एनआइसी एशिया बैंक २६ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

दोहोरो अंकको गिरावट आएको बजारमा पनि आज नारायणी विकास बैंकको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज विशाल बजार कम्पनी सेयर मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ ।

विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध Read Previous

विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध

ब्रोकरको मात्र कमिशन घटाएको बोर्डले आफ्नो र नेप्सेको कमिशन घटाउन किन गर्‍यो कन्जुस्याइँ ? Read Next

ब्रोकरको मात्र कमिशन घटाएको बोर्डले आफ्नो र नेप्सेको कमिशन घटाउन किन गर्‍यो कन्जुस्याइँ ?