विदेशी नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध

काठमाडौं । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लगाएको छ ।

 

बेलायतबाट शुरु भएको कोेरोना भाइरसको नयाँ प्रकार भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

 

यो प्रतिबन्ध जनवारी अन्तिमसम्म रहने जनाइएको छ । जसमा विश्वभरिका नागरिक पर्ने छन् । विदेशबाट फकिर्ने आफ्ना नागरिकका हकमा भने यो नियम लागू हुने छैन ।

 

यद्यपि जापानी नागरिक तथा जापानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा प्रवेश पाउने बताइएको छ । त्यस्ता नागरिकले १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य नियम लागू गरिएको छ ।

हालसम्मकै ठूलो आइपीओ जारी गर्न बोर्डको अनुमति, सबैले ७० कित्ता पाउने सम्भावना Read Previous

हालसम्मकै ठूलो आइपीओ जारी गर्न बोर्डको अनुमति, सबैले ७० कित्ता पाउने सम्भावना

सेयर बजारमा पहिरो, कारोबार रकम पनि ह्वात्तै घट्यो Read Next

सेयर बजारमा पहिरो, कारोबार रकम पनि ह्वात्तै घट्यो