सेयर बजारको उकालो यात्रा कायमै, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । पछिल्ला दुई दिनमै करिब १२८ अंकले बढेको बजारमा आज सामान्य बढोत्तरी आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा पुगेको छ । यसदिन २०३ कम्पनीको ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँ बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक राताम्मे भएका छन् भने ३ समूहको परिसूचक हरियो भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३९४.०७ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ५३.०५ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०३ कम्पनीमध्ये जम्मा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै १ अर्ब करोड ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ४५ करोड र एनआइसी एशिया बैंक ३३ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

सामान्य बढोत्तरी आएको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । नबिल बैंक र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र युनाइटेड इदी मार्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

काठमाडौं उपत्यकाको दुई स्थानमा केबलकार बन्दै, सवा १ अर्ब लगानी हुने Read Previous

काठमाडौं उपत्यकाको दुई स्थानमा केबलकार बन्दै, सवा १ अर्ब लगानी हुने

पुनर्बीमाको रेकर्ड तोड्दै नेपाल लाइफले बनायो ऐतिहासिक रेकर्ड Read Next

पुनर्बीमाको रेकर्ड तोड्दै नेपाल लाइफले बनायो ऐतिहासिक रेकर्ड