काठमाडौं उपत्यकाको दुई स्थानमा केबलकार बन्दै, सवा १ अर्ब लगानी हुने

काठमाडौं । पछिल्लो समय देशभरका मुख्य पर्यटकीय स्थानमा केबलकार बनाउने क्रम बढेको छ ।देशका धार्मिक तथा पर्यटकीय स्थानमा पर्यटकलाई आकर्षित गर्न केबलकार बन्ने क्रम बढेको हो ।

 

यसैबीच, काठमाडौं उपत्यका भित्र २ स्थानमा केबल कार बन्ने भएको छ । ललितपुरको गोदावरी र काठमाडौंको नागार्जुनमा केबल कार निर्माण हुने भएको हो । यी केबलकार बनाउन १ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

 

नागार्जुन नगरपालिका वडा नम्बर १ मा भ्यू नागार्जुन केबल कार प्रालिले केबल कार निर्माण गर्ने भएको हो । कम्पनीले ६६ करोड रुपैयाँ लगानीमा सो केबल कार बनाउन लागेको हो ।

 

केबल कार सञ्चालनमा आएपछि पछि वर्षेनी ११ लाख २० हजार जनालाई सेवा दिइने कम्पनीले जनाएको छ ।

 

यस्तै, ललितपुरको नगरपालिकाको फुल्चोकी केबल कार बन्ने भएको हो । फुल्चोकी केबुलकार प्रालिले सो केबल कार बनाउन लागेको हो ।

 

उक्त केबुलकार ६६ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सो केबल कारले वर्षेनी ११ लाख ३७ हजार ५०० मानिसहरुलाई सेवा दिनेछ ।

 

यी दुई केबलकार बनेपछि उपत्यकामा केबलकारको संख्या तीन पुग्नेछ । हाल काठमाडौंको चन्द्रागिरीमा चन्द्रागिरी हिल्सले केबलकार सञ्चालन गरिरहेको छ ।

पुनर्बीमा कम्पनीले बोलायो साधरण सभा, सेयरधनीलाई लाभांश नदिने Read Previous

पुनर्बीमा कम्पनीले बोलायो साधरण सभा, सेयरधनीलाई लाभांश नदिने

सेयर बजारको उकालो यात्रा कायमै, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजारको उकालो यात्रा कायमै, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता