काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनीको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको छ ।
बुधबार नेपाल लाइफको १ अर्ब ४३ करोडको कारोबार हुँदै एकैदिन इतिहासकै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको हो ।
यसअघि नेपाल पुनर्बीमा कम्पनीको एकैदिन १ अर्ब १९ करोड कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको थियो ।
आज कम्पनीको ५ लाख ६७ हजार ४४२ कित्ता सेयर १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अहिलेसम्मकै एकैदिन भएको सर्वाधिक कारोबार हो ।
आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५१ प्रतिशत बम्पर लाभांश घोषणा गरेको कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिँदा नयाँ रेकर्ड बनेको हो । कम्पनीले ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश घोषणा गरेको छ ।