बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।

 

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ ।

 

क्यानले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।

 

बेलायतमा सङ्क्रमण तीव्र भएपछि विश्वका कैयौँ देशले उडानमा प्रतिबन्ध घोषणा गरिएको जनाइएका छन् । युरोपेली मुलुक, मध्यपूर्वी तथा कतिपय एशियाली मुलुकले समेत उडान प्रतिबन्ध गरिसकेका छन् ।

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्दै, १३ आयोजनामा ५३ अर्ब लगानी प्रस्ताव Read Previous

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्दै, १३ आयोजनामा ५३ अर्ब लगानी प्रस्ताव

निजी क्षेत्रको हालसम्मकै ठूलो लाप्चा खोला जलविद्युतमा लगानी जुट्यो, ९ बैंकको साढे १९ अर्ब लगानी Read Next

निजी क्षेत्रको हालसम्मकै ठूलो लाप्चा खोला जलविद्युतमा लगानी जुट्यो, ९ बैंकको साढे १९ अर्ब लगानी