हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्दै, १३ आयोजनामा ५३ अर्ब लगानी प्रस्ताव

काठमाडौं । पछिल्लो समय विद्युत् आयोजनामा लगानीकर्ताको आकर्षण घट्दै गएको देखिएको छ ।

 

उद्योग विभागको तथ्यांक अनुसार चालू आवको ५ महिनामा १३ विद्युत आयोजना दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २२ विद्युत आयोजना दर्ता भएका थिए ।

 

लगानीकर्ताले १३ आयोजनाबाट ३०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । तीमध्ये १० वटा आयोजना १० मेगावाटभन्दा ठूला रहेका छन् भने ३ आयोजना १० मेगावाटभन्दा कमका रहेका छन् ।

 

विद्युत आयोजनाका संख्यामा कमी आए पनि लगानी प्रतिबद्धता भने करिब ४ अर्बले बढेको छ । चालू आर्थिक वर्षको मंसिरसम्ममा १३ नयाँ विद्युत आयोजना निर्माणका लागि ५३ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । जबकी गत आवको सोही अवधिमा २२ आयोजना निर्माणका लागि ४९ अर्ब ९५ करोड लगानी प्रतिबद्धता आएको थियो ।

 

लगानीकर्ताले १३ आयोजनाबाट ३०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छन् । तीमध्ये १० वटा आयोजना १० मेगावाटभन्दा ठूला रहेका छन् भने ३ आयोजना १० मेगावाटभन्दा कमका रहेका छन् ।

 

स्वतन्त्रा ऊर्जा उत्पादक संघका अध्यक्ष आशिष गर्गका अनुसार पछिल्लो समय ऊर्जा लाइसेन्स लिन खोज्नेको संख्या धेरै भए पनि कोभिडका असरका कारण कमैले उद्योग दर्ता गराएको छन् ।

 

हाइड्रोपावरमा दर्ता नभएसम्म जेनेरेसन लाइसेन्स लिन नपाइने व्यवस्था छ । कुनै उद्योग दर्ता गर्नु अघि सर्भे लाइसेन्स लिनुपर्छ । त्यसपछि मात्र उद्योग दर्ता गरी जेनेरेसन लाइसेन्स लिइने गरेको छ । उनले लगानी बढ्न खोजे पनि कोभिडको असरले अझै नछोड्दा विद्युत उत्पादन आयोजनाको संख्या कम भएको बताए ।

 

‘ऊर्जामा लगानी कम भएको हैन लाइसेन्स लिनु अघि उद्योगमा दर्ता गर्नु पर्छ, कोभिड १९ ले गर्दा अझै पनि लगानी गर्न चाहानेले निर्धक्क लगानी गर्न सकेका छैनन्,’ गर्गले चाणक्य पोष्टसँग भने ।उनले विद्युत उत्पादन आयोजनाको संख्या कम भए पनि एउटै आयोजनामा अर्बौको लगानी आइरहेको बताए ।

 

१० मेगावाट भन्दा धेरैका १० आयोजना

 

चालू आर्थिक वर्षको ५ महिनामा १० मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने १० आयोजना दर्ता भएका छन् । सो मध्ये सबैभन्दा ठूलो आयोजना संखुवासभामा बन्न लागेको छ ।

 

संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर १ मा ९७.२ मेगावाटको विद्युत आयोजना निर्माण हुने भएको छ । सो विद्युत १३ अर्ब ५७ करोड रुपैयाँ लगानीमा बन्न लागेको हो । यस आयोजनाले ११३ जनालाई रोजगार दिने छ ।

 

म्याग्दी जिल्लाको सोही वडामा ५७।३० मेगावाट विद्युत उत्पादन हुने भएको छ । हाइड्रो भिलेज प्रालिले १० अर्ब ३१ करोड लगानीमा सो विद्युत उत्पादन गर्न लागेको हो । उक्त आयोजनाले ६४ जनालाई रोजगार दिने छ ।

 

मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा ४१।८६ मेगावाटको विद्युत उत्पादन हुदै छ । सुपर वागमती हाइड्रोपावर प्रालिले ५ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानीमा सो विद्युत उत्पादन गर्न लागेको हो । यो आयोजनाले ५५ जनालाई रोजगार दिने छ ।

 

खोलु खुम्बु जिल्लामा सोताङ गाउपालिमा २२।९ मेगावाटको विद्युत उत्पादन हुने भएको छ । गौरिशंकर पावर डेभलपमेन्टले बनाउन लागेको सो विद्युत आयोजना ४ अर्ब ६९ करोड रुपैयाँ लगानीमा बन्न लागेको हो । यस आयोजनाले ५५ जनालाई रोजगार दिने छ ।

 

सोलुखुम्बुको महाकुलङ गाउपालिकामा २२ मेगावाट विद्युत उत्पादन हुने भएको छ । एपेक्स मकालु हाइड्रोपावर प्रालिले बनाउन लागेको सो विद्युत ४ अर्ब ७ करोड लगानीमा बन्न लागेको हो ।

 

कास्की जिलको पोखरा महानगरपालिका र तनहुँ जिल शुक्लगण्डकी नगरपालिकामा २२ मेगावाटको विद्युत उत्पादन हुने भएको छ । सेतिखोला हाइड्रोपावर प्रालिले ५ अर्ब ५६ लाख रुपैयाँ लगानीमा सो विद्युत उत्पादन गर्न लागेको हो । यस आयोजना अन्तर्गत ३६ जनाले रोजगार पाउने छन् ।

 

म्याग्दी जिल्लाको धवलागिरी गाउपालिका वडा नम्बर ४ मा २० मेगावाट विद्युत उत्पादन हुर्दै छ । सुश्मित इनर्जी प्रालि कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ लगानीमा सो विद्युत उत्पादनको काम गर्न लागेको हो । उक्त आयोजनाले ४७ जनालाई रोजगार दिने छ ।

 

लम्जुङमा हव पावर प्रालिले १२।६ मेगावाटको विद्युत उत्पादन गर्ने भएको छ । लम्जुङ जिल्ला मस्यङिग्दी गाउँपालिका वडा नम्बर ६-७ मा २ अर्ब ५२ करोड रुपैयाँ लगानीमा बन्दै छ । सो आयोजनाले २५ जनालाई रोजगार दिने भएको छ ।

 

दोलखा जिल्लाको विगु गाउँपालिकामा १० मेगावाट विद्युत उत्पादन हुने भएको छ । सो विद्युत आलम्पु जलविद्यत विकास कम्पनी प्रालिले १ अर्ब ६६ करोड २० लाख रुपैयाँ लगानीमा बनाउन लागेको हो ।

 

कपिलवस्तु जिल्ला शिवराज नगरापलिका वडा नम्बर ८ मा १० मेगावाटको सोलार विद्युत उत्पादन हुने भएको छ । सो स्थानमा पोजेटिभ इनर्जी प्रालिे ९४ करोड ५० लाख रुपैयाँ लगानीमा विद्यत उत्पादन गर्न लागेको हो ।

 

१० मेगावाट भन्दा कमका ३ आयोजना

 

१० मेगावाट भन्दा कम विद्युत उत्पादन हुने आयोजना ३ वटा मात्र दर्ता भएका छन् । हालसम्म दर्ता भएका मध्ये सबैभन्दा कम ५५० किलोवाट विद्युत आयोजना रहेको छ ।

 

दोलखामा ५५० किलोवाटको विद्युत उत्पादन हुने भएको छ । दिपज्योति हाइड्रोपावर प्रालिले ११ करोड ७५ लाख रुपैयाँ लगानीमा सो विद्युत आयोजना नर्माण गर्न लागेको हो ।

 

संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर १ मा ४.१ मेगावाटको विद्युत आयोजना निर्माण हुने भएको छ । सो विद्युत संखुवासभा पावर डेभलपमेन्ट प्रालिले ७२ करोड १६ लाख रुपैयाँ लगानीमा बनाउन लागेको हो ।

 

यस्तै, दोलखामा १.१ मेगावाटको आयोजना निर्माण हुँदैछ । दोलखाको जिरी नगरपालिका–१ मा रेशम एग्रो पाथीभरा हाइड्रोपावर प्रालिले २८ करोड ४६ लाख रुपैयाँ लगानीमा सो आयोजना बनाउन लागेको हो ।

कहिले हुँदैछ प्रभु लाइफको आइपीओ बाँडफाँट ? Read Previous

कहिले हुँदैछ प्रभु लाइफको आइपीओ बाँडफाँट ?

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक Read Next

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक