कहिले हुँदैछ प्रभु लाइफको आइपीओ बाँडफाँट ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) यसै साताभित्र बाँडफाँट हुने भएको छ ।

 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन भेरिफिकेशनको काम अन्तिम चरणमा पुगेको । भेरिफिकेशनका काम सकिएपछि प्रि–अलोटमेन्ट गरी शुक्रबारसम्म आइपीओ बाँडफाँट गरिने तयारी भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले पुस २९ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारी र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो भने ५४ लाख कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको छ ।

 

कम्पनीको आइपीओमा १० लाख ८२ हजार १४१ आवेदकले २ करोड ९२ लाख ८७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको साढे ५ गुणा बढी हो।

 

मागभन्दा साढे ५ गुण बढी आवेदन परेपछि ५ लाख ४० हजार व्यक्तिले १०÷१० कित्ता सेयर पाउनेछन् भने करिब ५० प्रतिशत आवेदकको हात खाली हुने भएको छ ।

 

हाल कम्पनीमा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आइपीओपछि २ अर्ब पुग्नेछ ।

नेपाल लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति Read Previous

नेपाल लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्दै, १३ आयोजनामा ५३ अर्ब लगानी प्रस्ताव Read Next

हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण घट्दै, १३ आयोजनामा ५३ अर्ब लगानी प्रस्ताव