नेपाल लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आवको नाफाबाट ३१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २० प्रतिशत गरी कुल ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ भने बोनस वितरणपछि ७ अर्ब १९ करोड पुग्नेछ ।

ङादीको ग्रुपको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश Read Previous

ङादीको ग्रुपको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश

कहिले हुँदैछ प्रभु लाइफको आइपीओ बाँडफाँट ? Read Next

कहिले हुँदैछ प्रभु लाइफको आइपीओ बाँडफाँट ?