ङादीको ग्रुपको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

यो अघिल्लो वर्षको भन्दा ०.५२ प्रतिशत हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १० बोनस सेयर दिएको थियो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधरण सभा बोलाएको छ । साधरण सभा प्रयोजनाका लागि कम्पनीले पुस १५ गते बुक क्लोज मिति तोकेको छ । त्यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।

 

सेयर बजारमा तीव्र उछाल, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

सेयर बजारमा तीव्र उछाल, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

नेपाल लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति Read Next

नेपाल लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति