काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेटले भायटिभीमा बलिउड मुभिज ‘शीमारु अन डिमान्ड’ मुभि प्याकेज ल्याएको छ ।
कम्पनीले यस प्याकेज अन्तर्गत ग्राहकहरुले अब मात्र प्रति महिना ९९ रुपैयाँ (भ्याट सहित) तिरेर २५ वटा शानदार क्लासिक बलिउड सिनेमाहरु हेर्न सक्ने भएका हुन् ।
मुलुकभर व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन सेवा प्रदान गर्दै आएको कम्पनीले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउने भएको हो ।