प्राइम बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १ प्रतिशत मात्र कम हो । बैंकले अघिल्लो आवमा १६ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

एनएमबी बैंकद्वारा अघिल्लो वर्षकोभन्दा १८ प्रतिशत कम लाभांश घोषणा, बोनस र नगद कति Read Previous

एनएमबी बैंकद्वारा अघिल्लो वर्षकोभन्दा १८ प्रतिशत कम लाभांश घोषणा, बोनस र नगद कति

अब भायटिभीमा ९९ रुपैयाँमै २५ वटा बलिउड सिनेमा हेर्न सकिने Read Next

अब भायटिभीमा ९९ रुपैयाँमै २५ वटा बलिउड सिनेमा हेर्न सकिने