एनएमबी बैंकद्वारा अघिल्लो वर्षकोभन्दा १८ प्रतिशत कम लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.२० प्रतिशत नगद गरी कुल १६.३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १८.८० प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युतको उत्पादन १ महिनाभित्र शुरु हुने Read Previous

माउन्टेन इनर्जीको ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युतको उत्पादन १ महिनाभित्र शुरु हुने

प्राइम बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Next

प्राइम बैंकको लाभांश घोषणा, बोनस र नगद कति