काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २० गते (सोमबार) देखि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले यसअघि बिक्री गरेको ९१ दिन अवधिको उक्त ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
यस ट्रेजरी बिलमा साउन सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
साउन २१ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। उक्त ट्रेजरी बिल २०७६ कार्तिक १९ गते परिपक्क हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।