सेयर बजारमा चार अंकको गिरावट, ९९ वटा कम्पनीको मूल्य घट्यो

काठमाडौं। साताको पहिलो दिन शेयर बजार मापक सूचक नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से सूचक ४.२० अंकले ओरालो लाग्दै सूचक १२५९.६४ अंक आइपुगेको छ ।

 

आज कुल १६९ कम्पनीको ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको छ । १४ लाख ६७ हजार १६४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

आज कारोबार भएका १६९ कम्पनी मध्ये ९९ कम्पनीको मूल्य घटेको छ  । ४४ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

 

कारोबार भएका ११ समूह मध्ये माइक्रोफाइनान्स र फाइनान्सको सूचक मात्र बढेको छ भने अरु सबै समूहको सूचक ओरालो झरेका छन्।

 

आज नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै ५ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल बैंकको नाफा घटेसँगै बजार मूल्य घटेपनि बैंकले यो वर्ष बम्पर लाभांस दिने अनुमानसँगै खरिद गर्नेको संख्या हाबी हुँदा कारोबार रकम भने बढेको हो।

 

कारोबार रकमकै आधारमा दोस्रोमा कृषि विकास बैंकको २ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

 

बजारमा गिरावट आएपनि आज ६ कम्पनीको बजार मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार र स्पर्श लघुवित्तको मूल्य १० प्रतिशतले मूल्य बढेको छ भने अन्य चार कम्पनीको मूल्य पनि करिब १० प्रतिशतको हाराहारीले बढेको छ । हिमालयन पावर पार्टनरको बजार मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले १० करोड ट्रेजरी बिल जारी गर्दै Read Previous

राष्ट्र बैंकले १० करोड ट्रेजरी बिल जारी गर्दै

आर्थिक विधेयक माथि दफावार छलफल शुरु Read Next

आर्थिक विधेयक माथि दफावार छलफल शुरु