यदि त्यो क्रिकेट दुर्घटना नभएको भए उनी सायद विश्वकै धनी बैंकर बन्ने थिएनन् । उदय कोटाक हुन् उनी ।
२० वर्षको उमेरमा क्रिकेट बल उनको टाउकोमा लाग्यो र इमरजेन्सी शल्यक्रिया गर्नुपर्ने भयो । यो घटनाले उनको व्यवसायीक क्रिकेट खेलाडी बन्ने सपनामा पूर्णविराम लगायो ।
अहिले ब्लुमबर्ग बिलेनायर इन्डेक्सका अनुसार ६१ वर्ष पुगेका कोटाकको कुल सम्पत्ति १६ अर्ब डलर हाराहारी रहेको छ ।
केही समय पारिवारीक कपडाको व्यवसायमा संलग्न भएपछि उनले एमबीए गरे र फाइनान्सको क्षेत्रमा काम गर्न शुरू गरे, सन् १८८५ मा । उनी त्यो बेला २६ वर्षका थिए । अहिले ब्लुमबर्ग बिलेनायर इन्डेक्सका अनुसार ६१ वर्ष पुगेका कोटाकको कुल सम्पत्ति १६ अर्ब डलर हाराहारी रहेको छ ।
अहिले भारतमा आर्थिक मन्दीको समयमा ‘कोटाक महिन्द्रा बैंक’ भीडभन्दा फरक देखिएको छ । बैंकले जोखिमपूर्ण क्षेत्रहरूबाट आफ्नो लगानी निकालेर सुरक्षित क्षेत्रहरूमा आफ्ना लगानी विस्तार गरिरहेको छ । बैंकको ‘कर्पोरेट गर्भनेन्स’ पनि राम्रो मानिएको छ । बैंकले अहिलेको अप्ठ्यारो समयमा पनि लगानीकर्ताहरूको आत्मविश्वार जोगाइराख्न पूँजी वृद्धि समेत गर्न सफल भएको छ । र, बैंकको वासलात पनि यसैकारण बलियो देखिएको छ ।
यो रणनीतिले बैंकलाई राम्रो गरेको छ । विश्वभर लगानीकर्ताहरू खस्किएका बेला कोटाक महिन्द्रा बैंकको सेयर मूल्य १७ प्रतिशतले बढेको छ । यो भारतका अन्य बैंकहरूको तुलनामा धेरै हो । बैंकको प्रमुख कार्यकारीको कार्यकाल पनि थप ३ वर्षका लागि थपिएको छ ।‘मेरो विचारमा विश्वको सबैभन्दा धनी बैंकर हुन भनेको उदय सबैभन्दा स्मार्ट बैंकर भएको प्रमाणमात्र हो,’ महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा बताउँछन् । महिन्द्रा र कोटाकको साझेदारी सन् १९८६ मा शुरू भएको थियो ।
विश्वमै धेरै खराब कर्जा भएको देश भारतमा कोटाकको कम्पनी अरु बैंकभन्दा फरक र बिशिष्ट देखिएको छ । सन् २०१५ मा नियामकले गरेको सघन अडिटको समयमा कोटाकको बैंकमा पनि धेरै समस्याहरू देखिएका थिए । तर, बैंकले त्यसको सामना राम्रोसँग गरेको छ । बैंकले त्यसपछि साना र मध्यमखाले कम्पनीहरू ‘अन्सेक्र्योड’ व्यक्तिहरूलाई दिने ऋणमा व्यापक कटौती गरेको थियो । विगत ३ वर्षमा बैंकले यस्ता ऋणहरूमा २४ प्रतिशतले कटौती गरेको छ ।
सन् २०२० मा बैंकको खराब कर्जा बढेको भए पनि सबैभन्दा कम खराब कर्जा भएको बैंकहरूको सूचीमा कोटाक महिन्द्रा बैंक दोस्रोमा रहन सफल भएको छ । बजार मुल्यको अनुसार मुलुककै दोस्रो ठूलो ऋणदाता यो कम्पनीको अघिल्लो त्रैमासमा २७ प्रतिशतले नाफा बढेको छ ।
पश्चिमी गुजरातका उदय कोटाकले सन् १९८५ मा ३० लाख भारु लगानी गरेर इन्भेष्टमेन्ट कम्पनीको शुरूआत गरेका थिए । उनले परिवार र साथीहरूबाट पैसा जुटाएर उक्त कम्पनीको शुरूआत गरेका थिए । त्यसपछिको वर्ष कम्पनीले महिन्द्रासँग साझेदारी गर्यो ।
त्यसपछि बैंकले ऋण पोर्टफोलियो विस्तार गर्यो, सेयर ब्रोकरको काम गर्यो । कम्पनीले इन्भेष्टमेन्ट बैंकिङ, बीमा र म्युचुअल फण्डको पनि शुरूआत गर्यो । कम्पनी भारतीय रिजर्भ बैंकले लाइसेन्स दिएपछि सन् २००३ मा बैंकको रूपमा आएको हो ।
अन्य पारिवारिक भारतीय कम्पनीहरू जस्तो कोटाकले परिवारका सदस्यहरूलाई कम्पनीको बोर्ड वा उच्च कार्यकारी पदहरूमा ल्याएका छैनन् । यसले लगानीकर्ता र निक्षेपकर्ताहरूमा आत्विश्वास बढाएको जानकारहरू बताउँछन् । यसले कम्पनीको कर्पोरेट गर्भनेन्सलाई पनि बलियो बनाएको उनीहरूको बुझाइ छ ।
कोटाकसँग साझेदारी गर्ने आफ्नो ८० को दशकको निर्णय आफूहरूको लागि निकै हितकर भएको महिन्द्राको बुझाइ छ । ‘म मेरो बुबा र काकाले किन यो युवलाई यति धेरै विश्वास गरेको भनेर सोधेको अझै सम्झन्छु,’ आनन्द महिन्द्रा भन्छन् ‘मैले त्यतिबेला उनीहरूलाई कुनै दिन यो युवकसँग हाम्रो नाम जोडिएकोमा हामी गर्व गर्ने छौं भनेर भनेको थिएँ । मलाई कोटाकको क्षमतामा धेरै विश्वास थियो ।’
-द इकोनोमिक्स टाइम्स