माछापुच्छ्रे बैंकको लाभांश पारित, आजदेखि वितरण हुने

काठमाडौं । माछापुच्छ्रे बैंकको २२ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

 

बैंकले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । पारित लाभांश आजदेखि वितरण गर्ने बैंकले जनाएको छ ।

 

यस्तै, साधारणसभाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४.९६ रुपैयाँ पैसा कायम गरेको थियो । ८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको तथा जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ संचित छ ।

 

बैंकले हाल देशभरका १६० वटा शाखा, १४१ शाखारहित बैकिङ सेवा, २०० एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ज्योति विकास बैंकको लाभांश घोषणा Read Previous

ज्योति विकास बैंकको लाभांश घोषणा

कोरोनाको खोप एशियामा आउन १ वर्ष लाग्न सक्ने Read Next

कोरोनाको खोप एशियामा आउन १ वर्ष लाग्न सक्ने