ज्योति विकास बैंकको लाभांश घोषणा

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा २.७५ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १२.७५ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

हिमालयन डिष्ट्रिलरीले घोषणा गर्‍यो बम्पर लाभांश, बोनस र नगद कति Read Previous

हिमालयन डिष्ट्रिलरीले घोषणा गर्‍यो बम्पर लाभांश, बोनस र नगद कति

माछापुच्छ्रे बैंकको लाभांश पारित, आजदेखि वितरण हुने Read Next

माछापुच्छ्रे बैंकको लाभांश पारित, आजदेखि वितरण हुने