काठमाडौं । हिमालयन डिष्ट्रिलरीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५० प्रतिशत नै नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा २.६३ प्रतिशत मात्र कम हो । हिमालयनले अघिल्लो आवमा ५० प्रतिशत बोनस सेयर र ५२.६३ प्रतिशत नगद गरी कुल १०२.६३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।