अब उपत्यकाका जोर-विजोर प्रणाली लागू नहुने

काठमाडौं । अब काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरवि–जोर प्रणाली लागू नहुने भएको छ ।

 

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी, सरकारोवाला निकायको बैठकले शुक्रबारदेखि जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

लकडाउन हटे पनि कोरोना जोखिम बढ्ने भन्दै भदौ २५ गतेदेखि उपत्यकामा गुड्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको थियो ।

 

जोरविजोर हटाउने निर्णय गरेसँगै शुक्रबारदेखि सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। तर, त्यसका लागि सबै सार्वजनिक र निजी सवारी स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य रुपमा गर्नुपर्नेछ।

 

मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने काठमाडौं जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

जोर विजोर प्रणलीअनुसार सञ्चालन हुने गरी निर्णय भएकोमा विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोर विजोर प्रणलीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्दै यो व्यवस्था हटाउन लागिएको हो ।

 

‘जोर विजोर प्रणलीमा सार्वजनिक सवारी यातायात सञ्चालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रीहरुको चाप बढी भएकाले सर्वसाधारण यात्रीहरुको सुविधाका बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमण जोखिमसमेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी पुस ३ गतेबाट काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको व्यहोरा सबै नागरिकहरुमा अनुरोध छ,’  विज्ञप्तिमा भनिएको छ ।

 

सरकारी पक्षले जोर( बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।

पैसा नलिइ घर नफकर्ने उखु किसानको घोषणा, नेताहरुकै संरक्षणमा पैसा नतिरेको आरोप Read Previous

पैसा नलिइ घर नफकर्ने उखु किसानको घोषणा, नेताहरुकै संरक्षणमा पैसा नतिरेको आरोप

कित्ताकाट नहुँदा जग्गाको कारोबारमा गिरावट, राजश्व ११ अर्बले घट्यो Read Next

कित्ताकाट नहुँदा जग्गाको कारोबारमा गिरावट, राजश्व ११ अर्बले घट्यो