प्रभु बैंकको नयाँ शाखा मुस्ताङको कागवेनीमा

काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित कागवेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

 

योसँगै बैंकको शाखा संख्या २१२ पुगेको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरे ।

 

बैंकको उक्त शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले त्यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

 

साथै, स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति Read Previous

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति

अन्तर्राष्ट्रिय बजारमा अलैँची माग उच्च, भारतीय व्यापारी अलैँची खोज्दै नेपाल पसे Read Next

अन्तर्राष्ट्रिय बजारमा अलैँची माग उच्च, भारतीय व्यापारी अलैँची खोज्दै नेपाल पसे