मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनसहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १.३० प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ११.७५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति

प्रभु बैंकको नयाँ शाखा मुस्ताङको कागवेनीमा Read Next

प्रभु बैंकको नयाँ शाखा मुस्ताङको कागवेनीमा