नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ९ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रभु लाइफको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति जनाले भरे ? Read Previous

प्रभु लाइफको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति जनाले भरे ?

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति Read Next

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति