२०१६ पछि विश्व चर्चित खेलाडीको कमाइ घट्यो, यी हुन् यस वर्ष धेरै कमाउने खेलाडी

यो वर्ष विश्वका खेलाडीहरूको कमाइ हुने कार्यदिनमा ठूलो गिरावट आयो । यो ४ वर्षयताको सबैभन्दा ठूलो गिरावट हो । कोरोना भाइरसको कारण धेरै खेल प्रतियोगिताहरू पछाडि सारिए । कतिपय तत्कालका लागि रद्द पनि भए । यसरी ठूला खेल प्रतियोगिताहरू रद्द भएका दोस्रो विश्व युद्ध पछिको पहिलो अवस्था हो यो ।

 

खेल प्रतियोगिताहरू रद्द भएका र खेलाडीहरूको कार्यदिन घटेका कारण उनीहरूको आम्दानी पनि घटेको छ । फोर्ब्सका अनुसार यो वर्ष विश्वका सबैभन्दा धेरै कमाउने १०० खेलाडीहरूको कुल आम्दानी ३.६ अर्ब डलर रहेको छ । यो भनेको गत वर्षको भन्दा ९ प्रतिशतले कम हो । र, सन् २०१६ पछि आम्दानीमा आएको पहिलो गिरावट पनि हो यो ।

 

यो वर्ष सबैभन्दा बढी कमाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा विख्यात टेनिस खेलाडी रोजर फेडेरर रहेका छन् । उनले यो वर्ष कर अघि १० करोड ६० लाख डलर आम्दानी गरेका छन् ।

 

दोस्रो र तेस्रो धेरै कमाउने खेलाडीहरूमा फुटबल खेलाडीहरू रोनाल्डो र मेस्सी रहेका छन् । उनीहरूले संयुक्त रुपमा २० करोड ९० लाख डलर आम्दानी गरेका छन् । यो गत वर्षको भन्दा २ करोड ८० लाख डलरले कम हो । यो वर्ष युरोपियन फुटबल क्लबहरूले खेल्ने लिग मार्चमा बन्द गरिएको थियो ।

फेडेररको ‘इन्डोर्समेन्ट पोर्टफोलियो’ सबैभन्दा उत्कृष्ट मानिन्छ ।फोर्ब्सले खेलाडीहरूको कमाइको सूची सार्वजनिक गर्न सन् १९९० मा थालेयता उक्त सूचीको पहिलो स्थानमा रहन सफल उनी नवौं खेलाडी हुन् ।

 

३० वर्षे इतिहासमा सूचीको पहिलो स्थानमा रहन सफल उनी पहिलो टेनिस खेलाडी पनि हुन् । उनले ‘इन्डोर्स’ गरेका ब्राण्डहरूमा युनिक्लो, क्रेडिट सुस, मर्सिडिज बेञ्ज लगायत अन्य १० ब्राण्डहरू रहेका छन् ।

 

यता रोनाल्डोले नाइक, एलटाइस, हर्बललाइफ र आफ्नै सिआर ७ ब्राण्डको माध्यमबाट ४ करोड ५० लाख डलर कमाएका छन् यो वर्ष । यसैगरी मेस्सीले एडिडास, मास्टरकार्ड र पेप्सीकोबाट ३ करोड २० लाख डलर कमाएका छन् ।

 

यसपाली धेरै कमाउने १०० खेलाडीहरूको सूचीमा २१ देश र १० विभिन्न खेलका खेलाडीहरू परेका छन् । यो सूचीमा महिला खेलाडीहरू नाओमी ओसाका र सेरेना विलियम्स पनि पर्न सफल भएका छन् । सन् २०१६ पछि २ जना महिला खेलाडीहरू एकैपटक यो सूचीमा परेको यो पहिलो अवसर हो । यो भन्दा अघि सेरेना विलियम्स र मारिया सारापोभा यो एकैपटक यो सूचीमा पर्न सफल भएका थिए ।

 

टुर्नामेन्टबाट ३४ लाख डलर कमाएकी ओसाकाले इन्डोर्समेन्टबाट ३ करोड ४० लाख डलर कमाएकी छिन् यो वर्ष । उनले यो कमाइ नाइक, निशान मोर्टस जस्ता कम्पनीहरूको इन्डोर्समेन्ट गरेर कमाएकी हुन् ।

 

यो सूचीमा सबैभन्दा धेरै अमेरिकी बास्केटबल लिग एनबीएका खेलाडीहरू परेका छन् । यसैगरी एनफफएलका खेलाडीहरू पनि यो सूचीमा धेरै अटाएका छन्

सेयर बजारमा लगातार करेक्शन, घट्दो बजारमा पनि यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल Read Previous

सेयर बजारमा लगातार करेक्शन, घट्दो बजारमा पनि यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल

प्रभु लाइफको आइपीओमा साढे ४ गुणा बढी आवेदन, अहिलेसम्म कति जनाले भरे ? Read Next

प्रभु लाइफको आइपीओमा साढे ४ गुणा बढी आवेदन, अहिलेसम्म कति जनाले भरे ?