काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । यस साताको शुरुका दुई दिनमै करिब १०२ अंकले बढेको बजारमा पछिल्ला दुई दिनमा करिब १२ अंकको करेक्शन आएको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ६.२० अंकले घटेर २०५५.२२ विन्दुमा आइपुगेको छ । यसदिन १९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार ३१९ कित्ता सेयर ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७७ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचक हरियो भएका छन् भने ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ७६.५७ अंकले बढेको छ भने जीवन बीमा समूह १६०.८५ अंकले घटेको छ ।
आज कारोबार भएका कुल १९९ कम्पनी मध्ये ८६ कम्पनीको मूल्य बढेको छ भने ९३ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज लगानीकर्ता एनसीसी बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा नेपाल लाइफ ३१ करोड र नेपाल पुनर्बीमा कम्पनी २४ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
क्षेत्रगत रुपमा आज पनि लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् । घट्दो बजारमा पनि करिब आधादर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज छ्याङ्दी हाइड्रोपावर, महुली सामुदायिक, सपोर्ट लघुवित्त, आरएमडीसी लघुवित्त, सूर्याेदय लघुवित्त, नारायणी विकास बैंक र माउन्टेन इनर्जीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर सबैभन्दा धेरै ४.६७ प्रतिशतले गुमाएका छन् ।