लिखु खोला हाइड्रोपावरको साढे ६२ लाख कित्ता आइपीओ आउँदै, प्रत्याभूतिकर्ता नियुक्त

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत बराबरको प्राथमिक साधरण सेयर आइपीओ जारी गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका दरले ६२ करोड ५० लाख रूपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

कम्पनीले सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रूपमा नियुक्त गरेको छ ।

 

सेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रीन भेन्चरको तर्फबाट अनिल अग्रवालले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

 

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रूपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जनाएको छ ।

 

कम्पनीको जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै Read Previous

बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै

सेयर बजारमा लगातार करेक्शन, घट्दो बजारमा पनि यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारमा लगातार करेक्शन, घट्दो बजारमा पनि यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल