एनआइबीएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता खोल्दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको एनआइबीएल एस क्याप्टिलले निःशुल्क डिम्याट खाता खोल्ने अफर ल्याएको छ । साथै निःशुल्क मेरो सेयर सेवा पनि निःशुल्क दिने भएको छ ।

 

क्यापिटलले यो योजना आजदेखि सीमित अवधिसम्म लागू हुने जनाएको छ । क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल इन्भेष्टमेण्ट बैंकका देशभरका शाखा कार्यालयमार्फत निःशुल्क डिम्याट खाता खोली मेरो सेयर पनि दर्ता गर्न सक्नेछन् ।

 

यसका अतिरिक्त क्याप्टिलले एकै दिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ । क्यापिटलले आगामी दिनमा पनि सहज रुपमा आफ्न ग्राहकलाई भरपर्दो सेवाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

१४ वर्षमा सिक्टा सिँचाइको मूल नहर निर्माण सम्पन्न Read Previous

१४ वर्षमा सिक्टा सिँचाइको मूल नहर निर्माण सम्पन्न

बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै Read Next

बेंसिशहर खानेपानी आयोजना सम्पन्न हुँदै