अहिलेसम्म कतिले भरे प्रभु लाइफको आइपीओ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा दोस्रो दिनसम्म मागभन्दा साढे ३ गुणा बढी आवेदन परेको छ ।

 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबारसम्म ६ लाख ६८ हजारभन्दा बढी आवेदकले १ अर्ब ८६ करोड रुपैयाँ बराबरको १ करोड ८६ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

 

यो सर्वसाधारको लागि विक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ३.४४ गुणा बढी आवेदन हो । कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

 

सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्तामध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ भने ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले मंसिर पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आवेदन दिन सक्नेछन् ।

 

हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

 

प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ५ लाख ४० आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ।

 

तर, ५ लाख ४० हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

किसानको उखुमा चिनी उद्योगीको मस्ती, सरकार रमिते बन्दा कृषकलाई सधैं सास्ती Read Previous

किसानको उखुमा चिनी उद्योगीको मस्ती, सरकार रमिते बन्दा कृषकलाई सधैं सास्ती

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का लगाउने तयारी, ३ वर्ष भित्र बन्ने Read Next

पप्पुले अलपत्र पारेको तीनकुने आर्क ब्रिजको नयाँ ठेक्का लगाउने तयारी, ३ वर्ष भित्र बन्ने