काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
कम्पनीले मंगलबार आइपीओ सहित कुल १ करोड ९६ लाख ८० हजार २७० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै माउन्टेनको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ११४.८१ रुपैयाँदेखि ३४४.४३ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।
कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा भाग्यमानी १ लाख ८३ हजार ८६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए ।