स्पर्श लघुवित्तले गर्यो अघिल्लो वर्षकोभन्दा ७ प्रतिशत बढी लाभांश घोषणा

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०३ नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.८५ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

चोभारमा सुख्खा बन्दरगाह निर्माण सुस्त, तोकिएको म्याद सकिँदा आधा मात्र काम पूरा Read Previous

चोभारमा सुख्खा बन्दरगाह निर्माण सुस्त, तोकिएको म्याद सकिँदा आधा मात्र काम पूरा

लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति Read Next

लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति