लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । लक्ष्मी  बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित २.५० प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ३.५० प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

स्पर्श लघुवित्तले गर्यो अघिल्लो वर्षकोभन्दा ७ प्रतिशत बढी लाभांश घोषणा Read Previous

स्पर्श लघुवित्तले गर्यो अघिल्लो वर्षकोभन्दा ७ प्रतिशत बढी लाभांश घोषणा

छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा Read Next

छहरेदेखि गङ्गटेसम्मको सडक निर्माण अन्तिम चरणमा